काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले केबलकार उद्घाटन गरेका हुन्।
आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो। केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। केबलकार आजदेखि सञ्चालनमा आएको हो।