२० भाद्र २०८२, शुक्रबार
Follow Us

बेलायतमा ७५५ बर्षपछि पहिलो महिला प्रधानन्यायधीश नियुक्ति हुदैँ

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८०, मंगलवार ०२:१६

लन्डन । यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।

दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन्। आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ । प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्।

अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् । उनका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन्। बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

धेरै पढिएको