२१ भाद्र २०८२, शनिबार
Follow Us

‘गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो’

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार ०४:३०

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सिंहदरवारमा केही बेरअघि सुरु भएको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण दिएका छन् ।

समितिका सदस्यहरूले उजुरीका विषयलाई लिएर कार्कीलाई प्रश्न सोधिरहेका छन् भने कार्कीले आफ्नो प्रष्टिकरण दिइरहेका छन् । कार्कीले भने, ‘गोला प्रणालीबाट ६० प्रतिशत न्यायिक विचलन घटेको कुराले मलाई सन्तोष लागेको छ र यसमा गर्व गरेको छु । कम्तीमा ६० प्रतिशत त घटाउन सकेछौँ नि ।’

सो क्रममा कार्कीले अदालतमा गोला प्रणाली लागु भएपछि जिल्ला अदालतदेखि सबै तहमा ६० प्रतिशत न्यायिक विचलन घटेको दाबी गरे ।

सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्नेछ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने तय भएको छ । कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

धेरै पढिएको