९ भाद्र २०८३, मंगलवार
Follow Us

वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार ०४:३९

असार ३ मा पाँच वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका अर्याललाई सरकारले कार्यकाल सकिनु चार दिनअघि मुख्य सचिव नियुक्त गरेको छ।

काठमाडौँ– नेपाल सरकारकाे मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद्काे बिहीबार बिहान बसेकाे बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेकाे हो।

आगामी असोज १५ सम्म कार्यकाल रहेका वर्तमान मुख्य सचिव शंकरदास वैरागीले राजीनामा दिएपछि अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने बाटाे खुलेकाे हो।

आउँदाे असार ३ मा पाँच वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका अर्याललाई सरकारले कार्यकाल सकिनु चार दिनअघि मुख्य सचिव नियुक्त गरेको हो।

हालका सचिवहरूमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन्।

अर्यालपछिको वरिष्ठतामा यादव कोइराला, रामप्रसाद थपलिया, दिनेश घिमिरे र सूर्य गौतम रहेका छन्।

यसअघि २०७७ असोज १५ मा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि सरकारले मुख्य सचिवमा वैरागीलाई नियुक्त गरेको थियो। राजीनामा गरेका रेग्मीलाई बेलायतको राजदूत बनाइएको थियो।

मुख्य सचिवबाट राजीनामा दिएका वैरागीलाई बिहीबारकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए।

धेरै पढिएको