१८ भाद्र २०८२, बुधबार
Follow Us

अर्थ समिति बैठकमा पलास्टिकका बोत्तल हटाइयो

नेपालब्रिटेन संवाददाता
१९ असार २०८०, मंगलवार ०५:४२

काठमाडौं । संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गरिन सुरु गरिएको छ । हालै अर्थ समितिको बैठकमा पलास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ ।

सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिदै भनेका छन, ‘पर्यावरण संरक्षणमा सानो उपलब्धी ’

उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि लेखेका छन, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद।’

उनी अगाडी लेख्छन, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’

धेरै पढिएको