१९ भाद्र २०८२, बिहीबार
Follow Us

ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

नेपालब्रिटेन संवाददाता
१९ असार २०८०, मंगलवार १४:१२

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ । सङ्गठित अपराधमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले ९ आरोपितलाई सात दिन थुनामा राख्ने अनुमति दिएको हो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार नेपाल समरजङ्ग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौँबाट पक्राउ गरेको हो।

यस्तै, सिआइबीले आइतबार पनि काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो।

केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ परेका छन्।

धेरै पढिएको