१९ भाद्र २०८२, बिहीबार
Follow Us

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन

नेपालब्रिटेन संवाददाता
२७ असार २०८०, बुधबार ०४:३४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ । आज बिहान साढे आठ बजे उहाँको निधन भएको प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । आजै दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

लामो समयदेखि बिरामी रहनुभएकी सीता दाहाल नेकपा माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्थ्यो ।

धेरै पढिएको