१९ भाद्र २०८२, बिहीबार
Follow Us

बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका लागि आवेदन खुला

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८०, शुक्रबार ०२:५३

काठमाडौं । बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ । ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो ।

हिजो काठमाडौमा आयोजित बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र ब्रिटिस राजदुतावासद्वारा आयोजना गरिएको कार्यक्रम मार्फत् आवेदन खुला गरिएको जानकारी दिइएको हो ।

मन्त्रालयको वेव साइडमा रहेको forms.dofe.gov.np मा आवेदन दिन सकिने जनाइएको छ । आवेदन दिनका लागि नेपालको नसिंङ काउन्सिलमा रजिष्टर भएका नर्सहरुले, कम्तीमा तीन वर्षको नसिंङ कोर्ष पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

यस्तै आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइ ई एल टी एस मा न्युनतम ७ अंक अनिवाय ल्याउनु पर्नेछ । उनीहरुको छनौट प्रक्रिया जी टू जी प्रक्रिया बामेजिम नेपालको बैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले गर्नेछ ।

सम्झौता अनुसार पहिले चरणमा एक सय जना नर्सलाई बेलायत पठाइने छ । यसअघि दुई देशबीच गत ६ भदौ २०७९ मा भएको सम्झौता अनुरुप नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा कार्ययोजना पारित भएको थियो । तथ्यांक अनुसार हाल नेपालमा ७४ हजार नर्सहरुले सेवाका लागि अनुमति लिएका छन् ।

धेरै पढिएको