२८ आश्विन २०८२, मंगलवार
Follow Us

मुर्रा राँगा लिन भारत जाने प्राविधिक टोलीको टुङ्गो

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८०, मंगलवार १४:१८

काठमाडौँ । भारत सरकारले उपहारस्वरूप दिन लागेका मुर्रा जातका राँगा लिन जाने टोलीको टुङ्गो लागेको छ । पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय पशु प्रजनन केन्द्रको कार्यालय पोखरा, प्रजनन केन्द्र लहान र पशु क्वारेन्टिन शाखाका वरिष्ठ पशु चिकित्सकको टोली भारत जाने भएको हो ।

नेपालको तर्फबाट टोलीको सूची स्वीकृत भइसकेको र भारतले मिति तय गरेर खबर गर्नासाथ त्यसतर्फ जाने विभागले जनाएको छ । बाँकेको रुपैडिया नाकाबाट ल्याइने १५ वटा मुर्रालाई तीनवटा सरकारी पशु प्रजनन केन्द्र (फार्म)मा राखिनेछ ।

धेरै पढिएको