१९ भाद्र २०८२, बिहीबार
Follow Us

भुक्तानी माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८०, मंगलवार १४:२२

काठमाडौँ । रोकिएको रकम भुक्तानी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । निर्माण व्यवसायी महासङ्घ बागमती प्रदेश र निर्माण व्यवसायी सङ्घ मकवानपुरले मङ्गलवार पत्र बुझाएको हो ।

काम गरेपछि पाउँनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल दिनुपर्ने उनीहरुको माग छ । निर्माण व्यवसायी महासङ्घ बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमार्फत र निर्माण व्यवसायी सङ्घ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासङ्घले नौबुँदे माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

धेरै पढिएको