१८ भाद्र २०८२, बुधबार
Follow Us

डेंगुबाट तीनजनाको मृत्यु, संक्रमितको संख्या ४ हजार २८९ पुग्यो

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८०, बुधबार ११:५८

काठमाडौं । नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत  जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो ।

६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ । काठमाडौं उपत्याकामा १४४ जना संक्रमित भएका छन् ।

धेरै पढिएको