१८ भाद्र २०८२, बुधबार
Follow Us

रेडी ट्रेडको गोदामबाट सुन गाल्ने मेसिन बरामद

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८०, शुक्रबार ११:३९

काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले बुधबार रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर बरामद गरेको ६६ कार्टुन ब्रेकसु तौलिन सुरु गरेको छ । सुन नभेटिएका यस्ता ६६ कार्टुनमा रहेका ब्रेकसुको विभागले तौल निश्चित गर्न लागेको हो ।

यी ६६ कार्टुनसँगै विभागले सुन गाल्ने तथा तौलिने मेसिन पनि बरामद गरेको थियो । चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, ताइवानको तालमड कम्पनी र चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएका सामान नेपालको रेडी ट्रेड कम्पनीका नाममा आउने गरेको देखिएको छ ।

पछिल्लो दुई महिनामा मात्रै रेडीले यी कम्पनीमार्फत १९ सय ९७ केजीबराबरका सामान भित्र्याएको थियो । रेडीकै नाममा असार २९ मा क्याथे प्यासिफिकको कार्गोमा आएको ३६ कार्टुनमध्ये आठवटा भन्सार जाँचपास भएर बाहिरिएपछि गत २ गते राजस्व अनुसन्धान विभागले सिनामंगल-गैरीगाउँको सडकबाट बरामद गरेको थियो ।

राजस्वले रेडी ट्रेडलाई बढी केन्द्रित गरेर अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएको