काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौं महानगरले पुनः नापजाँच गर्ने भएको छ । अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयनमा पुन नापजाँच गर्न महानगर सहमत भएको हो ।
विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच छलफल भएको थियो । छलफलपछि सो क्षेत्रमा पुन नापजाँच गरेर थप काम अघि बढाउने सहमति भएको काठमाडौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
कपनमा खहरे खोला अतिक्रमण गर्दा बर्षामा बाढि आउने गरेको र निकै धनजनको समेत क्षति पुगेको भन्दै बिहानै महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो । महानगरेको टोली आएपछि स्थानीयहरुले विरोध गर्दै नारावाजी गरेका थिए । केही स्थानीयहरुले भने बर्षेनी हुने डुवानलाई रोक्न खहरे खोलालाई निर्वाध रुपमा बग्न दिनुपर्ने बताएका थिए ।