२२ भाद्र २०८२, आईतवार
Follow Us

युवा पुस्तामा कसले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : गगन थापा

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८०, शनिबार १३:५२

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरुमा कसले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए ।

उनले भने ‘नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता छटपटी छ । युवाहरुमा पलायनको एउटा होड छ की कसले पहिला नेपाल छोड्ने भनेर । युवाहरुको निराश भईरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ ।’

महामन्त्री थापाले आफ्नो भविष्यको लागि छटपटाईरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए ।

धेरै पढिएको