१८ भाद्र २०८२, बुधबार
Follow Us

नेविसंघ इतर समूहले महामन्त्रीद्वयलाई बुझायो विधान

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८०, मंगलवार ११:५७

काठमाडौँ । नेविसंघका असन्तुष्ट पक्षले काँग्रेसका शीर्ष नेताहरूलाई नेविसंघको विधान बुझाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले नेविसंघको विधानबमोजिम समिति घोषणा गर्न माग राख्दै सङ्घको विधान बुझाएका हुन् ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विधानविपरीत जम्बो समिति बनाएको तथा मनोमानी ढङ्गले नियुक्ति गरेको भन्दै इतर समूह आन्दोलित छ । विधानविपरीत गरिएका मनोनयन फिर्ता नलिए समानान्तर कमिटीसम्म बनाउने उनीहरूको तयारी छ ।

पहिलो चरणमा विधानबमोजिमको समिति घोषणा गर्न दबाब दिने, तर अध्यक्षले निर्णय नसच्याए तदर्थ समिति बनाएर अगाडि बढ्ने निर्णय भएको इतर समूहका नेताहरूले बताएका छन् । इतर समूहले नेविसंघको विधान उल्लङ्घन कार्यमा महामन्त्रीद्वयको भूमिकामा असन्तुष्टि जनाएपछि थापा र शर्माले माग सम्बोधनमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

धेरै पढिएको