१९ भाद्र २०८२, बिहीबार
Follow Us

चुनावी दौडमा केन्द्रीय नेताहरु बेलायतमा

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८०, शनिबार १३:३१

लन्डन । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ गर्ने उद्देश्य बोकेर गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय नेताहरुको एउटा टोली यतिबेला बेलायत आइपुगेको छ् । एनआरएनए युकेको नवनिर्वाचित पदाधिकारीको पदास्थापन तथा कार्यभार हस्तान्तरण कार्यक्रममा सहभागी हुन दर्जन नेताहरु बेलायत आइपुगेका हुन् ।

यसरी लाम लागेर बेलायत आइपुग्ने नेताहरुमा आईसीसी अध्यक्षका आकांक्षी महेश श्रेष्ठको टिम हो । उनको टिमका सदस्यहरु केशव पौडेल, बुद्धिसागर सुवेदी, राज रेग्मी र भीमकमल केसीलगायतको टोलीमा छ । उनीहरुको उद्देश्य कार्यक्रममा सहभागी भन्दा पनि आसन्न निर्वाचनमा मत माग्नु रहेको एकजना जानिफकारले नेपालब्रिटेन डटकमलाई बताए ।

आगमी अक्टुबरमा एनआरएनएमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अहिलेसम्मको सिनारियोमा दुईवटा समूह चुनावी प्रतिस्पर्धामा देखिएका छन् । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको समूहले कार्यकारी अध्यक्ष बद्री केसीको समूहलाई चुनौति दिन सक्नेछ ।

धेरै पढिएको