२७ आश्विन २०८२, सोमबार
Follow Us

‘ओली यही वर्ष पक्राउ पर्छन्’

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०८०, मंगलवार १३:१७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने ठोकुवा गरेका छन् ।

मङ्गलवार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाएका हुन् । पक्राउ पर्ने डरले ओलीले संसद अवरुद्ध गरिरहेको उनको दाबी छ ।

उनले भने, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

धेरै पढिएको