११ माघ २०८२, आईतवार
Follow Us

राजु मास्टरको सकस सोमबारबाट प्रशारण हुने

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८०, शनिबार १२:४४

काठमाडौ । चर्चित हास्य कलाकार राजु पौडेल (राजु मास्टर) ले निर्माण गरेको सामाजिक टेलिचलचित्र सकस आउँदो सोमबारबाट प्रशारण हुँदैछ । साँझ ७ बजे मास्टर क्रियसन युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ।

समाजको मुलभुत मुद्दालाई टेलिचलचित्र सकसमार्फत उठाउन गरी राज्यलाई जिम्मेवारी बोध गराउने उद्देश्यले निर्माण गरिने टेलिशृङ्खलाको लेखक निर्देशक राजु मास्टर स्वम आफै हुन। लक्ष्मीनाथ तिम्सिना, तारा केसी, लोकेन्द्र लेखक, कमला रेग्मी, अशोक शिवाकोटी,अनिता बस्नेत र राजु मास्टरको मुख्य भुमिका रहने टेलिशृङ्खलाको प्रमुख ब्यवस्थापन दिपक शर्माले गरेका हुन ।

राहुल राईको छायांकन रहेको टेलिशृङ्खला बिपिन मल्लले सम्पादन गरेका छन् भने निर्देशक राजु मास्टरलाई निर्देशन सल्लाहकारको रुपमा बिश्वदीप घिमिरे सहयोग गरेका छन ।

धेरै पढिएको