ताजा खबर

धादिङ केन्द्र भएर भूकम्प

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज (आइतबार) बिहान ८:२३ बजे धादिङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का धादिङ, नुवाकोट लगायत पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त नभएको जनाएको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता