१९ भाद्र २०८२, बिहीबार
Follow Us

वडाअध्यक्षलाई थुन्न अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८०, बुधबार ०६:४०

कास्की । ग्यालेक्सी फोर के टिभीका सञ्चालक जिबी राई सञ्चालक रहेको पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जनप्रतिनिधिसमेत मुछिएका छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–८ का वडाअध्यक्ष कैलाशकुमार दर्लामीमगर लाई थुनामा राख्न सोमबार जिल्ला अदालतले आदेश दिएको हो ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष दर्लामी सो गाउँपालिकाका प्रवक्तासमेत हुन् । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताए । वडासदस्य कल्पना पाण्डेलाई कार्यबाहकको जिम्मेवारी दिएका मगर केही दिनयता गायब छन् ।

धेरै पढिएको