१९ भाद्र २०८२, बिहीबार
Follow Us

गठबन्धन बैठकमा ‘प्रचण्ड’ले भने-ओलीले राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउनुस् भन्नुभएको छ

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८०, बुधबार १३:५१

काठमाडौँ । बालुवाटारमा बुधबार अपराह्न बसेको सत्ताघटक चार दलको बैठक माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा चुनाव, भारतीय विदेश मन्त्री एस जयशंकरको बिहीबारदेखि हुने भ्रमणलगायत विषयमा कुरा राखेका छन्।

साथै प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जानेबारे अन्य दलको धारणा मागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँगको कुराकानीमा राष्ट्रिय सभामा एमालेलाई नएक्ल्याउन आग्रह गरेको उनको ब्रिफिङ थियो।

प्रधानमन्त्री दाहालले आफूसँग ओलीले राखेका कुराबारे गठबन्धन बैठकमा ब्रिफिङ गरेका हुन्। एक नेताका अनुसार बैठकमा एमालेलाई पनि सहभागी गराएर जाने कि भन्ने विषयमा कुराकानी चलेको थियो। एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान काँग्रेस र माओवादी सकारात्मक छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। सत्ता गठबन्धनबीच राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गरेर जाने सहमति छ तर कसले कति सिट लिने भन्ने टुङ्गो लागिसकेको छैन।

धेरै पढिएको