१९ भाद्र २०८२, बिहीबार
Follow Us

कांग्रेसको पार्टी कार्यालय बनाउन १४ लाख बजेट विनियोजन

नेपालब्रिटेन संवाददाता
५ माघ २०८०, शुक्रबार १३:०६

बागलुङको तमानखोला गाउँपालिकाले बागलुङ नगरपालिकामा बन्ने भनिएको कांग्रेसको जिल्ला पार्टी कार्यालय भवन बनाउन १४ लाख रुपैयाँ बजेट बजेट विनियोजन भएको छ ।

२९ पुस देखि सुरु भएको पालिकाको हिउँदे अधिवेशनले पार्टी कार्यालय भवन बनाउन १४ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । पालिकाले अर्को पालिकामा अमूक पार्टीको पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेपछि नेकपा माओवादीका जनप्रतिनिधिले त्यसको विरोध गरेका छन ।

बजेट विनियोजन निर्णय फिर्ता गर्न विरोध जनाउँदै उनीहरुले बिहीबार तमानखोला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन ।तमानखोला गाउँपालिका–४ का वडाध्यक्ष छप्रसाद श्रिपालीले हिउँदे सभामा आफूहरुले असहमति राख्दाराख्दै पेलेर निर्णय गरेकाले आफूहरुले बाध्य भएर पालिकामा तालाबन्दी गर्नुपरेको बताएका छन ।

आफूहरुले पार्टी कार्यालय बनाउने भए तमानखोलामै बनाउन आग्रह गर्दा पनि नमानेको उनले बताएका छन । उनले भने, ‘यहाँ बनाउनुस्, त्यो तमानखोलाकै सम्पत्ति हुन्छ ।

तर, यहाँको बजेट अर्को पालिकामा पठाउने न्यायोजित हुँदैन भनेर भनेका हौं’, तर, उहाँहरु छलफल नै गर्न चाहनुभएन ।’ श्रीपालीले आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न पाउनुपर्ने मागसहित उभिएर विरोध जनाउँदा सभाबाटै बाहिर निकालिएको बताएका छन ।

तमानखोलाको नगरसभामा पालिका अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसको बहुमत छ । नेपाली कांग्रेसका २३ जना सभा सदस्य छन् भने नेकपा माओवादीका ११ जना सभा सदस्य छन् ।

धेरै पढिएको