१६ भाद्र २०८२, सोमबार
Follow Us

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता

नेपालब्रिटेन संवाददाता
९ माघ २०८०, मंगलवार १५:४४

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाट फिर्ता गरेको छ ।

पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले जानकारी दिएका छन । भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले जानकारी दिएका छन ।

उनीहरू कतार, दुबई र बहराइन जान लागेका र उनिहरुलाई फिर्ता गरीएको उनले जानकार दिएका छन । भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ ।

धेरै पढिएको