१९ भाद्र २०८२, बिहीबार
Follow Us

११ महिने शिशुको बाल्टिनमा डुबेर मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८०, आईतवार ०६:१८

भक्तपुर । भक्तपुरमा पानीको बाल्टिनमा डुबेर शिशुको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरीका डिएसपी वसन्त पाठकका अनुसार खाटमा सुतेका शिशु कपडा धुन राखिएको पाटीको बाल्टीनमा खसेर डुबेका थिए । उपचारका लागि भक्तपुरको सिद्धी स्मृति अस्पताल लगिएकामा शनिबार चिकित्सकले मृत घोषणा गरेका थिए ।

धेरै पढिएको