काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिने भएको छ ।
आज बुधबमर सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।
बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेको पनि उनले जानकारी दिएका छन् ।