१६ भाद्र २०८२, सोमबार
Follow Us

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार १३:३४

काठमाडौं । आफूलाई अभियन्ता बताउँने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डुले अनुमति दिएको काठमाण्डु प्रहरीका एक अधिकृतले जानकारी दिएका छन ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट हिजो पक्राउ गरेको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए ।

पक्राउ परेपछि आफूले कुटपिट नगरेको उनले बताएकी छन । यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले जानकारी दिएका छन । जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतले बताएका छन ।

धेरै पढिएको