२१ भाद्र २०८२, शनिबार
Follow Us

रवि पत्नी निकिताले गरिन दर्जन पत्रिकाविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०८०, शुक्रबार १३:५५

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले पौडेलले सञ्चारमाध्यामविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएका छन् ।

धेरै पढिएको