काठमाडौं । सञ्चारकर्मी, विज्ञ र युवा नेताहरुले सहभागितामुलक लोकतन्त्र र उत्पादनमुखी अर्थतन्त्रले मात्रै राजनीतिप्रतिको वितृष्णा हटाउन सक्ने निश्कर्ष निकालेका छन् । जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको जनतामा व्यप्त निराशा र हाम्रो कार्यदिशा बिषयक अन्तरक्रियामा सहभागीहरुले सुशासनको अभावमा लोकतन्त्र सस्थागत हुनै नसक्ने निचोड समेत निकाले ।
अन्तरक्रियामा वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले प्रतिनिधिमुलक भन्दा पनि सहभागितामुलक लोकतन्त्र आजको आवश्यकता रहेको वताउदै राइट टु रिकल र राइट टु रिजेक्टको अवसर नागरिकलाइ उपलब्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. सिता पोखरेलले राजनीति सत्ता र पदमुखी बन्दैजादा सुशासन कायम हुन नसकेको वताउदै समानता र समताको खाचो औल्याइन । महिलालाइ कसरी पदमा पु¥याउने भन्दापनि कसरी सक्षम बनाउने र अवसर उपलब्ध गराउने भन्ने वहस जरुरी रहेको पोखरेलको भनाइ थियो । त्यस्तै प्राध्यायक डाक्टर धनेश्वर नेपालले नीति र विधि भन्दा भागवण्डा हावी हुदा सवै क्षेत्रमा असन्तुष्टि चुलिदै गएको भन्दै यस्तो आक्रोष लोकतन्त्रकै विरुद्ध जाने त होइन भन्ने खतरा देखिएको वताए ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य डाक्टर अमिता प्रधानले देशमा केहि भएन भन्ने भ्रामक प्रचारले प्रश्रय पाएको, अवसरवाद र लोकप्रियतावाद मौलाएको भन्दै समाजका वास्तविक हिरोहरु आझेलमा पर्ने तथा जोकरहरुको वाहवाही हुने वातावरण तयार भएकोमा चिन्ता व्यक्त गरिन । सो अवसरमा आफ्नो धारणा राख्दै उपप्रध्यापक विष्णु पन्थीले सिद्धान्त र व्यवहारबीच तालमेल हुननसक्दा राजनीतिप्रतिको जनविश्वास हराउदै गएको उल्लेख गरे ।
दल र नेताहरुले बाचा भुलेर जनतालाइ धोखा दिएकाले सर्वत्र विश्वासको संकट देखिएको पन्थीको बिश्लेषण थियो । यस्तै इन्जिनियर तथा युवा नेता विनोद देवकोटाले गुटगत राजनीति र स्वाभिमान नभएका कार्यकर्ताका कारण राजनीति विकृत भएको उल्लेख गर्दै आयातमुखी अर्थतन्त्र र वैदेशिक क्रणको भारले समृद्धिको मार्ग अवरुद्ध हुन पुगेको वताए ।
सो अवसरमा युवा नेता रन्जित कर्ण नारायण भट्टराई,जीवन डंगोल, टेकराज पौडेल,विरेन्द्र सल्यानी,राकेश श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए । यसैगरी फाउण्डेसनका अध्यक्ष वद्री अर्याल एवं सस्थापक सदस्यहरु विजुला वर्मा र प्रकाश रावलले सस्थाको लक्ष्य र उद्धेश्यबारे अवगत गराए । कार्यक्रममा सहभागिहरुले जय नेपाल फाउण्डेसलाइ बैचारिक वहसको केन्द्रका रुपमा अघी वढाउनुपर्ने सुझाव दिएका थिए ।