१७ कार्तिक २०८२, सोमबार
Follow Us

फ्रयाङ्फर्टमा एनआरएनए एलसीसी हेसेन ई.भीको सकृयता

नेपालब्रिटेन संवाददाता
१० असार २०८१, आईतवार १२:३२

फ्र्याङ्कफर्ट । एनआरएनए हिसेन एलसीसीले डा. स्टेफान सोहङ्गन र नवागन्तुक संस्कृति टोलीलाई सम्मान गरेको छ । गत बुधबार सम्पन्न कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धन र अन्तर्राष्ट्रिय एकतामा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, एनआरएनए हिसेन एलसीसी अध्यक्ष ज्योति राईको टोलीले सम्मान प्रदान गरिएको हो । यो सम्मानलाई सांस्कृतिक प्रवद्र्धन र सामुहिक एकतामा कोसेढुङ्गा सावित हुने कार्यक्रममा बताइएको थियो ।

सञ्चार संयोजक सन्तोष भट्टको नेतृत्वमा भएको कार्यक्रमले सांस्कृतिक सद्भाव र समुदायको सहभागितामा जोड दिएको छ । महोत्सवमा लाखे नृत्य, धिमे वादक, कुमारी नृत्य, गुरुङ नृत्य, र नेपाली झण्डासहित जीवन्त सांस्कृतिक प्रदर्शनहरू प्रदर्शन भएको थियो । यसबाहेक नेपालको पर्यटनको बारेमा चेतना अभिवृद्धि गर्न प्रवर्द्धनात्मक सामग्री प्रदर्शन गरिएको थियो ।

धेरै पढिएको