१९ भाद्र २०८२, बिहीबार
Follow Us

सपथअघि नै ओलीलाई मोदीको बधाई

नेपालब्रिटेन संवाददाता
३२ असार २०८१, सोमबार ०७:१६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएका छन् ।

पद तथा गोपनियताको सपथअघि नै ओलीलाई मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई ज्ञापन गरेका हुन् । मोदीले ओलीको कार्यकालमा दुई देशको मित्रवत सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको बताए ।

मोदीले ओलीलाई शुभकामना सन्देश दिँदै नेपालको प्रगति र समृद्धिका लागि नजिकबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

धेरै पढिएको