१८ भाद्र २०८२, बुधबार
Follow Us

भारतको कश्मीरमा बन्धक बनाइएका २८ नेपालीको उद्धार

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८१, शुक्रबार ०६:१५

काठमाडौँ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । मजदुरीका लागि कश्मीर पुगेका धनुषा जिल्लाका ७ जना र सिराहा जिल्लाका २१ जना गरी २४ देखि ६० वर्षका २८ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

शुक्रवार भारत स्थित नेपाली राजदूतावास र भारतीय गैर सरकारी संस्था किन इन्डियाको समन्वयमा बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाई बन्धक बनाइराखेका मजदुरलाई कश्मीरबाट उद्धार गरी नेपाल ल्याइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

नेपाल ल्याइएका उनीहरूलाई महिला, बालबालिका तथा ज्येष्ठ मन्त्री नबल किशोर साह सुडी, सचिव दिनेश भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति मार्फत उनीहरूको परिवारसँग पुनर्मिलन समेत गराइएको छ ।

सडक निर्माणको काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासन दिएर कश्मीर पुर्‍याएर बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो ।

 

धेरै पढिएको