१६ भाद्र २०८२, सोमबार
Follow Us

अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८१, बिहीबार ०७:०४

जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् ।

ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो ।

गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । निजलाई हत्याको अभियोग लगाइने भएको छ ।

धेरै पढिएको