लण्डन । नेपाल पत्रकार महासंघ केन्द्रको गत जेष्ठ २३ गतेको पत्र अनुसार १४ जुलाईमा स्थगित भएको महाधिवेशन पछि नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष भएको दावी गर्ने विमला सेनेले नेपालब्रिटेन डट कममा प्रकाशित समाचारको खण्डन गरेकी छन् ।
नेपाल पत्रकार महासंघ वेलायत शाखाको महाधिवेशन रोक्न केन्द्रद्धारा जारी पत्र
(नेपाल पत्रकार महासंघ वेलायतको महाधिवेशनको सिलसिलामा शाखामा विवाद रहेको र नेपाल पत्रकार महासंघ यूके शाखाको हालको संयोजक दिनेश परियार रहेको भन्ने तथ्यलाई समेत आत्मसाथ गर्दै प्रेस काउन्सिलको पत्रलाई सम्मान गर्दै यो खण्डन प्रकाशन गरिएको छ । नेपालब्रिटेन डट कममा प्रकाशित समाचार पूर्णरुपमा तथ्य र सत्यतामा आधारित रहेको सम्पादकीय मण्डलको विश्वास रहेको छ ।)