१६ भाद्र २०८२, सोमबार
Follow Us

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०८१, बुधबार ०६:२१

कतार । कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ। हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु बिमान किन्ने घोषणा गरेका हुन् ।

कतार सरकारले आधिकारिक रूपमा कतार वायुसेना र युनाइटेड किंगडमको रोयल एयर फोर्सबीच ब्रिटिश स्क्वाड्रनको रूपमा संयुक्त तालिम र युरो फाइटर कार्यक्रमको लागि २०३० पछि पनि सहयोग जारी राख्ने जनाएको छ ।

उनले आफनो भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री स्टारर र राजा चार्ल्ससँग भेटघाट गरेका थिए । कतारी अमिर बेलायती राजा र प्रधानमन्त्रीले दिएको रात्री र दिवाभोजमा सहभागी भएका थिए ।

कतारले सन २०२७ मा ७.६ बिलियन डलरमा २४ टाइफुन लडाकु बिमानहरु किनिसकेको छ ।

१२ वटा थप विमान खरिद गर्ने निर्णयमा पुगेकाे कतारको टर्कीसँग पनि ४० लडाकु विमान खरिद गर्ने योजनामा ​​पनि वार्ता  गरिरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

धेरै पढिएको