लण्डन । वेलायतमा बसेका गैरआवासीय नेपाली राजकुमार त्रिपाठीलाई वेलायतको ‘व्यापार तथा उद्योग’ मन्त्री ग्यारेथ थोमसले आफ्ना सल्लाहकारका रूपमा नियुक्त गरेका छन्।
इन्जिनियरिङ क्षेत्रमा विशिष्ट अनुभव भएका त्रिपाठीले बेलायतको अत्यन्तै व्यस्त ट्रान्सपोर्ट अफ लण्डन अन्डरग्राउन्डमा सिनियर इन्जिनियरको रूपमा काम गरिसकेको छ। उनले सिभिल इन्जिनियरिङमा स्नातक र कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।
त्रिपाठी गैरआवासीय नेपाली संघ यूकेका पूर्व महासचिव पनि हुन्। उनको नयाँ जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै उनले मन्त्रीको सल्लाहकारको भूमिकामा रहँदा नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाए।
यसैगरी, त्रिपाठी हालै सम्पन्न भएको आमनिर्वाचनमा वेस्ट ह्यारो क्षेत्रको लिड चुनावी संयोजक थिए, जहाँ उनले लेबर पार्टीलाई संसदीय चुनाव जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
वेलायतमा २१ वर्षदेखि बसोबास गर्दै आएका त्रिपाठी एक बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छन्। नेपालका मानवअधिकार, प्रजातन्त्र, पारदर्शिता, भ्रष्टाचार निवारण, बेरोजागी निवारण, र कानूनी शासनको स्थापनाका लागि उनले लेख, रचना, स्ट्याटस र अन्तरवार्तामार्फत खबरदारी गर्दै आएका छन्।
त्रिपाठीको जन्म नेपालका धादिङ जिल्लामा भएको हो र उनी आफूलाई एक विकास विज्ञको रूपमा प्रस्तुत गर्छन्।