ताजा खबर

अमेरिकाको एक विद्यालयमा १७ वर्षीया किशोरीद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् ।

सो गोलीकाण्डमा अन्य ६ जना विद्यार्थी घाइते भएका छन् । म्याडिसनका प्रहरी प्रमुखले पत्रकार सम्मेलनको गरी घटनाका बारेमा जानकारी गराएका हुन् । तर प्रहरीले हत्यारा र मारिनेको लिंग पहिचान गर्न अस्वीकार गरेका थिए ।

प्रहरीले घटना म्याडिसनका लागि मात्र नभई देशकै लागि दुःखको दिन भएको बताएको छ । साथै समुदायका लागि राम्रो काम गर्नुपर्ने पनि प्रहरी प्रमुखको भनाइ छ ।

प्रहरीले गोली चलाउनुको कारण पत्ता लगाउन सकेको छैन । अनुसन्धानका लागि संदिग्ध व्यक्तिका परिवारले सहयोग गरिरहेको जनाइएको छ ।

प्रहरीले विद्यालय पुग्दा गोली चलाउने व्यक्तिलाई मृत फेला पारेको जनाएको छ । प्रहरीले पीडित मध्ये कसैको नाम नखुलेको र विद्यार्थी आक्रमणकारीको बारेमा कुनै विवरण दिएको छैन ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता