डायस्पोरा

जापानमा ताते वलेवाली, सांगीतिक साँझको रनौक

टोकियोको सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको हलमा आयोजित कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका पूर्वसभासद् तथा नेकपा एमालेका केन्द्रीय सदस्य, समाजका संस्थापक प्रमुख सल्लाहकार डा. सूर्य पाठकलाई सम्मान गरिएको छ । साथै टिभी अन्नपूर्णका प्रबन्धक तथा प्रेस चौतारी महासंघका महासचिव राजु सुवेदी, सरिता खड्का सुवेदी, समाजका उपाध्यक्ष सुरेन्द्र पौडेलका हजुरबुवा तथा सेवानिवृत्त कर्मचारी टिकराम पौडेल र आमा तुलसीदेवी पौडेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गोल्ड स्पोन्सरहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिबाट मायाको चिनो प्रदान गरिएको बलेवा सेवा समाज जापानले जनाएको छ । सो अवसरमा कार्यक्रम संयोजक दीप पाठक र आर्थिक संयोजक महेन्द्र पिसीसहितको टोलीले आर्थिक विवरण प्रस्तुत गरेको थियो ।

जसअनुसार १९ लाख ३५ हजार येन आम्दानी भएकोमा १५ लाख ५३ हजार ९ सय ७९ खर्च हुँदा ३ लाख ८१ हजार २१ येन बचत भएको उल्लेख छ । बचत रकम संस्थाको उद्देश्यअनुसार खर्च गरिने जनाइएको छ ।कार्यक्रममा अध्यक्षता समाजका अध्यक्ष महेन ढकालले गरेका थिए भने सञ्चालन महासचिव अर्जुन लामिछानेले गरे । स्वागत मन्तव्य संरक्षक सेवक पिसीले राखेका थिए ।

नेपालको समसामयिक राजनीति, सम्भावना र चुनौतीबारे डा. सूर्य पाठकले आफ्नो धारणा राखेका थिए । पत्रकार राजु सुवेदीले सुझाव र सल्लाहका रूपमा आफ्ना विचार व्यक्त गरेको सेवा समाजले जनाएको छ ।समाजले ईभेन्ट पार्टनर, डाइमन्ड पार्टनर, गोल्ड पार्टनर, रेमिट्यान्स पार्टनर, ट्राभल पार्टनर, ब्रोनज पार्टनर, समर्थकहरू, पत्रकार, अतिथि तथा स्वयंसेवकहरूलाई कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएकोमा विशेष धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रमले प्रवासी नेपालीहरूबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्