अमेरिका र युक्रेनबीच रुस–युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको रियादमा आज वार्ता हुँदैछ । वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफ सहभागी हुनेछन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की साउदी अरब पुगेपनि वार्तामा सहभागी नहुने बताइएको छ ।
युक्रेनका तर्फबाट चिफ अफ स्टाफ एन्ड्रिय येरमार्क, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षा मन्त्री रुस्टेम उमेरोभ वार्तामा सहभागी हुने तय भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि उसले आफ्नो केही भूभाग त्याग्नुपर्ने हुन सक्ने बताएको छ । त्यसका लागि जेद्दा जानुअघि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पत्रकारहरूसँगको कुराकानीमा रूबिओले युद्ध अन्त्यका लागि युक्रेनले केही भूभाग त्याग्नुपर्ने बताएका हुन् ।
रूसले पनि केही त्याग गर्नुपर्ने उनको भनाइ छ । सन् २०१४ यता रूसले कब्जा गरेको भूभागहरू युक्रेनले छाड्नुपर्ने रुबियाको भनाइ छ । रुसले क्राइमिया सहित पाँचभन्दा बडी भूभागक कब्जा गरेको छ । अमेरिका, राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को दबाब झेलिरहेको युक्रेन भने अमेरिकाबाट सुरक्षा ग्यारेन्टी चाहिरहेको छ ।
युक्रेनले वार्तामा रूससँग हवाई र समुद्री युद्धविराम प्रस्ताव गर्ने सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन् ।