काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७ं सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला २२९० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।