काठमाडौं । नाबालिका छोरी करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक ४७ वर्षीय पुरुष छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारका अनुसार ६ महिनादेखि बावुले पटकपटक छोरीमाथि बलात्कार गर्दै आएको उजुरी परेपछि पक्राउ गरिएको बताए ।
पक्राउ पर्ने व्यक्तिबारे प्रहरीले थप खुलाएको छैन । पक्राउ परेका पुरुषमाथि जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाएको डिएसपी सुनुवारले बताए ।