१७ कार्तिक २०८२, सोमबार
Follow Us

भोलीको बैठकबाट भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०८२, बिहीबार १३:०८

काठमाडौं । भोली शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तयारी छ । आज (बिहीबार) बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो ।

जस अनुसार शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छलफलमा सांसदहरूले उठाएका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले जवाफ दिनेछन् । त्यसपछि मन्त्री अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यही भदौ ५ गते यो विधेयक पास गरेर भदौ ६ गते सभामा विधेयकको प्रतिवेदन पेस गरेको थियो ।

शुक्रबार पास गरेर प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाउन लागेको हो । राष्ट्रिय सभाले पनि पास गरेपछि पुनस् प्रतिनिधिसभामा आउँछ । प्रतिनिधिसभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ ।

धेरै पढिएको