१४ भाद्र २०८२, शनिबार
Follow Us

पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँः उपमहासचिव शर्मा

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०८२, बिहीबार १३:१०

काठमाडौं । पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक पार्टीहरूलाई पार्टी जस्ता नबनाइँदा आज समस्या आएको तर्क गरेका छन ।

आज (बिहिबार) सहिद प्रतिष्ठानले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी उपमहासचिव शर्माले यस्तो बताएका हुन । उनले कम्युनिस्ट पार्टी गठबन्धन गरेर सत्तामा जानेमा मात्र ध्यान जाँदा समस्या आएको समेत बताए ।

उपमहासचिव शर्माले भने, ‘पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँ । पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउन सकेनौँ । पार्टीमा जो मन पर्छ त्यसलाई राख्छौँ । शासनलाई सेवाको रूपमा बदल्न सकेनौँ ।

किसानको मर्म हामीलाई थाहै छैन । हरेक पार्टीमा स्पष्ट नीति नै छैन । सुशासन र पारदर्शीको कुरा भाषणमा मात्र सिमित छ । वास्तविक व्यवहारमा देखिएको छैन ।’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकार पनि पञ्चायतकाली अवस्थाको पछि लागेको समेत उनले बताए ।

उनले भने, ‘आजको कर्मचारीतन्त्रलाई समय अनुकूल पार्टीले चलाउने सक्ने क्षमता नेताहरूमा हुँदा अहिलेको समस्या आएको छ । जनताको लोकतन्त्र बनाउन नसक्दा दलालको हातमा लोकतन्त्र गयो । लोकतान्त्रिक सरकार पनि पञ्चायतकालीन योजनाको पछिपछि लाग्यो ।

जनताको लोकतन्त्र कसरी बनाउने ?’ शर्माले सात दशकको लामो सङ्घर्ष प्राप्त भएको उपलब्धि फेरि डगमगाएको समेत बताए । आन्दोलनबाट उपलब्धि फेरि गुम्ने अवस्थामा किन पुग्यो रु गठबन्धन गरेर सरकारमा पुग्ने कम्युनिस्ट पार्टीले गम्भीर सोच्ने बेला आएको समेत बताएका छन ।

धेरै पढिएको