१९ भाद्र २०८२, बिहीबार
Follow Us

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८२, बुधबार १३:११

काठमाडौं । प्रहरीले गोंगबुमा ४ करोड २५ लाख नगद र साढे ९ केजी सुनसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीले छापा मारेको छ ।

मंगलबार राति साढे ९ बजेतिर काठमाडौं महानगरपालिका– १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।

राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन ।

राजकुमारको कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुई थान बेरुवा औँठी र १ थान लकेट बरामद गरेको छ । उनी फरार छन् ।

धेरै पढिएको