१९ भाद्र २०८२, बिहीबार
Follow Us

एएफसी यू-२३ एसियन कप छनोट: पहिलो खेलमा नेपाल पराजित

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८२, बिहीबार ०४:३३

काठमाडौँ । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।ताजकिस्तानको दुसान्बेस्थित पामिर रंगशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४-० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधवारको खेलमा सिरियाले फिलिपिन्सलाई २-१ गोलअन्तरले पाखा लगाएको थियो ।

धेरै पढिएको