२० भाद्र २०८२, शुक्रबार
Follow Us

दर्ता प्रक्रियाका लागि मेटाले माग्यो विवरण

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८२, बिहीबार १३:११

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।

मन्त्रालयका प्रशासन स्रोतका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव (पिए) शालिग्राम पराजुलीसँग सम्पर्क गरेका हुन्।

सम्पर्क भएपछि दर्ता तथा सूचीकरणका लागि आवश्यक पर्ने विवरणबारे जानकारी मागिएको थियो। “मेटाको सिंगापुरमा कार्यरत एक महिला कर्मचारीले सम्पर्क गरी दर्ता तथा सूचीकरणका लागि कस्ता कस्ता कागजात आवश्यक पर्छन् भनेर सोधेको ती स्रोतको भनाई छ।

धेरै पढिएको