लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालीन बैठक जारी छ । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र भावी कार्ययोजना तय गर्ने उद्देश्यले बैठक छलफलमा केन्द्रित रहेको छ ।
बैठकमा संघका अध्यक्ष डा. बद्री केसीले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, महेश कुमार श्रेष्ठ, आर.के. शर्मा लगायतसँग देशको पछिल्लो अवस्थाबारे छलफल गरेको जानकारी दिएका छन् । यस बैठकमा महेश कुमार श्रेष्ठ समूहलाई समेत आमन्त्रित गरिएको छ ।
बुधवार भर्चुअल माध्यममार्फत जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले नेपाल गम्भीर परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संस्थाको आन्तरिक विवादभन्दा माथि उठेर देशलाई सहि दिशामा लैजानु पर्नेमा जोड दिए । उनले गैरआवासीय नेपाली संघको चाहना अनुरूप ‘समृद्ध नेपाल’ निर्माणका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।
बैठकमा संघका उपाध्यक्ष डा. हेमराज शर्मा लगायत केन्द्रीय पदाधिकारीहरूको समेत उपस्थिति रहेको छ ।