२१ आश्विन २०८२, मंगलवार
Follow Us

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा कुटाकुट

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार १३:०५

काठमाडौं । जेन-जी समूहको नेता बताउने हामी नेपाल संस्थाको सञ्चालक सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ ।

आइतबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा युवाहरूबीच हात हालाहाल भएको हो ।

पत्रकार सम्मेलनमा उपस्थित युवाहरूले यति धेरैको मृत्यु भएर सत्ता ढाल्नेबाहेक अरू केही परिवर्तन नआएको भनेपछि विवाद सुरू भएको हाे ।

गुरूङले अलि चर्को स्वरमा बोलेपछि ‘युवालाई थर्काउने’ भन्दै पत्रकार सम्मेलन भइरहेको बेलामा तनाब सिर्जना भएको थियाे । क्लबबाट बाहिर निस्किएपछि युवाहरूबीच कुटाकुट नै भएको भिडिओहरू सार्वजनिक भएका छन् ।

धेरै पढिएको