२९ भाद्र २०८२, आईतवार
Follow Us

फेल्थाममा सुरु हुँदै भव्य ‘एभरेष्ट स्पाइस लाउञ्ज’

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार १८:४२

लण्डन । फेल्थामस्थित एभरेष्ट स्पाइस लाउञ्ज उत्कृष्ट खानाको खोजी गर्नेका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा खुल्ने तयारीमा छ। आधुनिक शैली, आकर्षक वातावरण र स्वादिष्ट परिकारसहित प्रस्तुत हुने यो समकालीन बार तथा रेस्टुरेन्टले नेपाली र भारतीय खानाको प्रामाणिक स्वाद पस्किने जनाएको छ।

रेस्टुरेन्टका सञ्चालकमध्येका एक गणेश भण्डारीका अनुसार एभरेष्ट स्पाइस लाउञ्ज आगामी बिहीबार, १८ सेप्टेम्बरदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

“हाम्रो उद्देश्य केवल खानपान मात्र नभई समुदायलाई जोड्ने एक केन्द्रका रूपमा यसलाई विकसित गर्ने हो। विवाह, ब्रतबन्ध, सामाजिक भेटघाटदेखि स्मरणीय क्षणहरू सिर्जना गर्ने पार्टी स्थलका रूपमा पनि एभरेष्ट स्पाइस लाउञ्ज उत्कृष्ट विकल्प बन्नेछ,” भण्डारीले बताए।

फेल्थाम ट्रेन स्टेशनबाट करिब पाँच मिनेटको पैदल दूरीमा रहेको यो रेस्टुरेन्ट पुरानो पबलाई नेपाली लगानीकर्ताहरूले खरिद गरी आधुनिक शैलीमा पुनःनिर्माण गरेर सञ्चालनमा ल्याइएको हो।

उच्चस्तरीय गुणस्तर र जीवन्त वातावरणमा जोड दिँदै, रेस्टुरेन्टले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग मिसाएर नयाँ अनुभव दिने लक्ष्य राखेको छ।

तीन दशकभन्दा बढी अनुभवसहितका वरिष्ठ सेफ मिन प्रसाद खरेलले खानपानको जिम्मेवारी सम्हाल्नेछन्। उनले भारतीय र नेपाली परिकारहरूमध्ये स्पेशल मःम, ल्याम सेकुवा, चटपटे, चिल्ली चिकेन, पनिर टिक्का, बर्गर तथा र्यापजस्ता परिकारहरूलाई आफ्नो विशेष शैलीमा पस्किने तयारी गरेका छन्।

एभरेष्ट स्पाइस लाउञ्ज फेल्थाम समुदायका लागि नयाँ स्वाद, न्यानो आतिथ्य र सामाजिक जमघटका लागि उत्कृष्ट ठेगाना बन्ने विश्वास सञ्चालकहरूले व्यक्त गरेका छन्।

यस्तो छ रेष्टुरेन्टको मेनु

 

 

 

 

Location

धेरै पढिएको