काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो ।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न पनि बताइएको छ । भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण के.पी.शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो ।