कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरिचोकस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह अनुसार काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटना भएको हो ।
बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएको उनको भनाइ छ । घाइतेको चन्द्रौटास्थित सन्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए । बस अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टेको हो ।